
‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो ?’ सार्वजनिक, रेखा थापाको घटस्थापना उपहार'36 Ko Aankada' Song 'Bahulauchhu Ki Kya Ho?' Released, Rekha Thapa's Ghatasthapana Gift
गीतको नामै यस्तो छ, सुन्नुअघि नै जिज्ञासा जाग्छ। रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो ?’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर गीत ल्याइएको रेखाले जानकारी दिएकी छन्।
गीतमा अञ्जु पन्त र सत्यराज आचार्यले स्वर दिएका छन्, शब्द गीतकार सुरेश अधिकारीको हो। अब यो गीत सुनेर कति जना साँच्चै बहुलाउलान्, त्यो त दर्शकले नै भन्लान्।
रेखा फिल्म्सको ब्यानरमा बनेको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सह-निर्माताका रूपमा छ। फिल्म पारिवारिक कथामा आधारित छ र रेखा थापा मुख्य भूमिकामा छिन्। उनीसँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायतले अभिनय गरेका छन्।
सबिर श्रेष्ठले निर्देशन गरेको फिल्मले पारिवारिक सम्बन्ध र त्यससँग जोडिएका कथा पर्दामा उतार्नेछ। फिल्म मंसिर १७ गतेदेखि सिनेमाघरमा आउँदैछ।
With a title like this, you're curious before you even press play. The song 'Bahulauchhu Ki Kya Ho?' (roughly, "Am I going crazy?") from the Rekha Thapa starrer '36 Ko Aankada' is out. Rekha shared that the song was released to mark Ghatasthapana.
Anju Panta and Satyaraj Acharya lend their voices, with lyrics by Suresh Adhikari. How many listeners will actually go a little crazy over it? That's for the audience to say.
Made under the Rekha Films banner, the film has Kites Entertainment as co-producer. Based on a family story, it features Rekha Thapa in the lead, alongside Pooja Sharma, Niruta Singh, Pushpa Khadka and Mahesh Tripathi, among others.
Directed by Sabir Shrestha, the film brings family relationships and the stories tied to them to the screen. It arrives in cinemas on Mangsir 17.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


