The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

​'आ बाट आमा २' को साढे ४ करोड, '१२ गाउँ २' कमजोर​'Aa Bata Aama 2' Tops Box Office; '12 Gaun 2' Underperforms

दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीन नेपाली सिक्वेल फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को व्यापारिक आँकडा चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ। बोर्डको आधिकारिक विवरणअनुसार यी तीन फिल्मले आइतबारसम्म देशभरिबाट कुल साढे ८ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेका छन्।

​दसैंका फिल्महरूमा ‘आ बाट आमा २’ बक्स अफिसमा शीर्ष स्थानमा छ। फिल्मले १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्री गर्दै ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ। दोस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’ ले ८२ हजार ७५९ टिकट बिक्रीबाट २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ संकलन गरेको छ।​

उता एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’ को व्यापार भने अपेक्षाभन्दा कमजोर देखिएको छ। पहिलो भागले पहिलो सातामै ५ करोड कमाए पनि सिक्वेलले १० दिनमा ५७ हजार ९८३ टिकट बिक्री गर्दै १ करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ मात्र ग्रस व्यापार गर्न सकेको छ।​

यसैगरी, विकास बोर्डले दसैंअघि रिलिज भएका तीन फिल्मको बक्स अफिस आँकडा पनि सार्वजनिक गरेको छ। जसअनुसार यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको ‘गौँथली’ले २६ करोड ३ लाख १४ हजार ९० रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाएका छन्।

The Film Development Board of Nepal has officially released the box office collections for three major Dashain sequels: 'Aa Bata Aama 2', 'Chha Maya Chhapakkai 2', and '12 Gaun 2'. According to the board's report, the three releases collectively earned over Rs 8.5 crore gross nationwide as of Sunday.

​Among the Dashain releases, 'Aa Bata Aama 2' has emerged as the box office leader, grossing Rs 4,11,46,848 with 1,31,491 tickets sold. Following in second place, 'Chha Maya Chhapakkai 2' recorded Rs 2,76,39,065 in gross earnings, selling 82,759 tickets.​

In contrast, the action film '12 Gaun 2' posted weaker-than-expected numbers. While its predecessor crossed Rs 5 crore in its opening week, the sequel managed Rs 1,86,94,886 from 57,983 tickets sold over its first 10 days in theaters.​

Additionally, the board released lifetime box office figures for three pre-Dashain titles. The blockbuster hit 'Gauthali', currently the year's highest-grossing film, achieved a massive Rs 26,03,14,090 gross. Meanwhile, 'Pension Patta' secured Rs 10,23,56,138, and 'Baa: Ek Yoddha' earned Rs 3,51,39,048 gross.