
‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक, हराएकी आमालाई खोज्दै छोराहरु'Aa Bata Aama 2' Trailer Released, Sons Set Out to Find Their Missing Mother
असोज ३० गतेबाट सिनेमाघरमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटल च्यानलमार्फत आएको करिब पाँच मिनेटको ट्रेलरमा आमा र छोराबीचको गहिरो माया, बिछोडको पीडा र हराएकी आमालाई खोज्न छोराहरूले गर्ने संघर्ष देखाइएको छ।
ट्रेलरमा पल शाह कृष्णको भूमिकामा छन्। आमालाई खोज्न निस्किएका उनी हनुमानले सात समुद्र तरेर सीतालाई ल्याएझैँ आफू पनि आमालाई फर्काएरै छाड्ने बताउँछन्। फिल्मले आमालाई घर फर्काउने यो अभियानलाई छोराहरूको सबैभन्दा ठूलो युद्धका रूपमा प्रस्तुत गरेको छ। बीचबीचमा दाजुभाइबीचको सहकार्य, गलतफहमी र आपसी टकरावका झलक पनि छन्।
ट्रेलरको अन्त्यतिर पल शाहको पात्र आफूलाई सम्हाल्न नसक्ने र मानसिक रूपमा विचलित देखिन्छ। यसले कथाको भावनात्मक गहिराइ अझ प्रस्ट पारेको छ। भावुक पार्श्व संगीतले दृश्यहरूलाई थप मार्मिक बनाएको छ, भने दसैँको माहोल झल्काउने गीत र हल्का रमाइला क्षणले ट्रेलरलाई सन्तुलित पारेको छ।
पल, मलिका महत र आकाश श्रेष्ठसँग जोडिएको प्रेमकथाका झलक पनि छन्। रिस्ता गुरुङ र निकिता आचार्यका संवाद नभए पनि उनीहरूका भावनात्मक दृश्य ट्रेलरमा राखिएका छन्।
चन्द्र पन्त निर्देशित ट्रेलरमा भावनात्मक पक्षलाई विशेष महत्त्व दिइएको छ। एउटा दृश्यमा गाडीले ठक्कर दिन लाग्दा पल शाहले कुकुरको बच्चा बचाउँछन्। त्यही दृश्यले सन्तानको बाटो हेरेर बस्ने आमाबुबाको लाचारी र पारिवारिक बिछोडको पीडालाई जोडेको छ।
The trailer of 'Aa Bata Aama 2', releasing on Ashoj 30, is out. Released through the OSR Digital channel, the nearly five-minute trailer centers on the deep bond between mother and son, the pain of separation, and the sons' struggle to find their missing mother.
Paul Shah appears as Krishna. Setting out to find his mother, he says that just as Hanuman crossed the seven seas to bring back Sita, he will bring his mother home. The film presents this mission as the sons' greatest battle.
Glimpses of teamwork between the brothers, misunderstandings and clashes between them also appear along the way.
Near the end of the trailer, Paul Shah's character seems unable to hold himself together and mentally shaken, which makes the story's emotional depth even clearer. The emotional background score makes the scenes more moving, while a song with the Dashain mood and a few light moments keep the trailer balanced.
There are glimpses of a love story involving Paul, Malika Mahat and Aakash Shrestha. Rishta Gurung and Nikita Acharya have no dialogue in the trailer, but their emotional scenes are included.
Directed by Chandra Pant, the trailer gives special weight to the emotional side. In one scene, Paul Shah rescues a puppy about to be hit by a vehicle. The same scene ties into a mother's love for her children and the helplessness of parents who wait on the road for them, along with the pain of a family torn apart.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


