
‘दृश्यम ३’ बन्यो वर्षको दोस्रो धेरै कमाउने हिन्दी फिल्मAjay Devgn's 'Drishyam 3' Becomes Year's Second-Biggest Hindi Film
अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ ले भारतीय बक्स अफिसमा रेकर्ड माथि रेकर्ड राखेको छ। फिल्मले वर्षकै दोस्रो ठूलो ओपनिङ पाएको थियो। अहिले यो ‘दृश्यम’ शृङ्खलाकै सबैभन्दा बढी कमाउने फिल्म बनेको छ, र अजय देवगनको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड पनि यसकै नाममा छ।
प्रदर्शनको २२ औँ दिनमा फिल्मले सनी देओलको ‘बोर्डर २’ लाई कमाइमा पछि पारेको छ। यसपछि ‘दृश्यम ३’ यस वर्षको दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ। यो वर्षको सुरुमा रिलिज भएको ‘बोर्डर २’ ले कुल ३६२ करोड भारु कमाएको थियो भने ‘दृश्यम ३’ ले २२ दिनमै ३६३ करोड कमाएको छ।
भारतीय ट्रेड पोर्टल स्याकनिल्कका अनुसार फिल्मले पहिलो दिन (असोज १६ गते) ६२ करोड कमाएको थियो। पहिलो साता २४५ करोड ५० लाख, दोस्रो साता ८७ करोड ५० लाख र तेस्रो साता २८ करोड ८५ लाख कमाएको फिल्मले चौथो साता पनि राम्रै व्यापार गरिरहेको छ। कात्तिक ६ गते शुक्रबार मात्रै यसले १ करोड ४० लाख कमाएको बताइएको छ।
अभिषेक पाठकले लेखेर निर्देशन गरेको फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर, जयदीप अहलावत, प्रकाश राज, सौरभ शुक्ला, नेहा जोशी र कमलेश सावन्तले अभिनय गरेका छन्। दर्शक र समीक्षकले यसलाई ‘दृश्यम’ शृङ्खलाकै उत्कृष्ट भाग मानेका छन्। यो फिल्मको अब नयाँ भाग नबन्ने जनाइएको छ।
Ajay Devgn's 'Drishyam 3: The Conclusion' keeps stacking up records at the Indian box office. It had the year's second-biggest opening, and it is now the highest-earning film in the 'Drishyam' franchise. It also holds the record as the highest-grossing film of Ajay Devgn's career.
On its 22nd day in theaters, the film moved ahead of Sunny Deol's 'Border 2' in earnings. That makes 'Drishyam 3' the second-highest-earning Hindi film of the year. 'Border 2', released earlier this year, finished at Indian Rs 362 crore, while 'Drishyam 3' has made Rs 363 crore in 22 days.
According to the Indian trade portal Sacnilk, the film earned Rs 62 crore on day one, Ashoj 16. It made Rs 245.5 crore in its first week, Rs 87.5 crore in the second and Rs 28.85 crore in the third, and it is still doing healthy business in its fourth week. On Friday, Kartik 6, alone, it reportedly earned Rs 1.40 crore.
Written and directed by Abhishek Pathak, the film stars Ajay Devgn with Tabu, Shriya Saran, Ishita Dutta, Mrunal Jadhav, Rajat Kapoor, Jaideep Ahlawat, Prakash Raj, Saurabh Shukla, Neha Joshi and Kamlesh Sawant. Audiences and critics have called it the best installment of the 'Drishyam' series. No new part is planned.



