
“फ्रीमा फिल्म हेर्छन् दर्शक”, निर्देशक ज्ञानेन्द्र देउजाको दाबी"Audiences Are Watching Free," Claims Director Gyanendra Deuja
नेपाली फिल्ममा निर्माता आफैँले टिकट किनेर हल भरिएको देखाउने चलन बढेको भन्ने गुनासो चलचित्र पत्रकार संघ नेपालको अन्तरक्रियामा उठ्यो। बिहीबार भएको ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक कार्यक्रममा निर्देशक, निर्माता र कलाकारले यसलाई उद्योगका लागि घातक बताए।
जानकारहरूका अनुसार शो भरिएको देखाउन निर्माताले टिकटमै लाखौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। काठमाडौँको अनामनगर, पुतलीसडक, नयाँ बसपार्क र बागबजारका केही क्षेत्रमा नेपाली फिल्मका टिकट निःशुल्क भेटिन्छन् भन्ने दाबी पनि गरिएको छ।
निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले आफ्नो फिल्म ‘झिँगेदाउ २’ टिकट नकिनेकै कारण नचलेको धारणा राखे। उनका अनुसार निर्माताले आफैँ टिकट किन्दा पहिलो शुक्रबार र शनिबार नै साँच्चैका दर्शक हलमा आउन छाडेका छन्। मेचीदेखि महाकालीसम्म दर्शकले निःशुल्क फिल्म हेरिरहेको र यही अवस्था रहे अबको एक वर्षमा इन्डस्ट्री नै बन्द हुन सक्ने चेतावनी उनले दिए।
‘कबड्डी ५’ का निर्देशक रामबाबु गुरुङले केही विशेष व्यक्तिलाई फिल्म देखाउन सीमित टिकट किन्नु सामान्य हो भने। तर अहिले बजारमा सुनिने स्तरको टिकट किन्ने चलन विकृति हो, र आफूबाट त्यस्तो कहिल्यै नहुने उनले बताए।
अभिनेत्री रेखा थापाले पनि आफूबाट टिकट किन्ने काम कहिल्यै नहुने स्पष्ट पारिन्। उनका अनुसार टिकट नकाटेर फिल्म नचल्ने हो भने नचलोस्, तर यो प्रवृत्तिको अन्त्य हुनैपर्छ।
निर्देशक दीपेन्द्र लामाले भने यो चलन नयाँ नभएको सम्झाए। वि.सं. २०५७-५८ तिर विश्वज्योतिमा फिल्म टिकाउन २५ प्रतिशत दर्शक चाहिन्थ्यो, नभए फिल्म नै हट्थ्यो, र त्यसका लागि निर्माताले टिकट काट्थे। तर अहिलेको स्तर चाहिँ गलत र विकृत भएको उनको भनाइ छ।
A growing habit of producers buying tickets to their own films to make shows look full was the main complaint at an interaction organized by the Film Journalists' Association Nepal. At the Thursday event, themed 'Film Market and Promotion Style', directors, producers and an actor called the practice harmful for the industry.
According to people familiar with the market, some producers spend lakhs of rupees on tickets just to fill shows. There are also claims that tickets for Nepali films can be found free at shops in parts of Kathmandu such as Anamnagar, Putalisadak, Naya Bus Park and Baghbazar.
Director and producer Gyanendra Deuja said his film 'Jhingedau 2' failed precisely because tickets weren't bought. In his view, when producers buy tickets themselves, real audiences stop showing up even on the first Friday and Saturday. He claimed viewers across the country, from Mechi to Mahakali, are watching free, and warned that the industry could shut down within a year at this rate.
'Kabaddi 5' director Rambabu Gurung said buying a limited number of tickets to show a film to select people is normal. But the scale people talk about in the market now is a distortion, he said, and it will never come from him.
Actress Rekha Thapa also made clear she would never buy tickets. In her view, if a film can't run without her buying tickets, then so be it, but the practice must end.
Director Dipendra Lama pointed out that this is not new. Around 2057-58 BS, a film needed 25 percent occupancy at Biswojyoti to hold over, or it would be pulled, and producers bought tickets for that. But what is happening now, he said, has reached a distorted and wrong level.



