The Narratic
१ मिनेट पढाइ1 min read

समाचारNews

वर्षा राउत र महेश त्रिपाठी पहिलो पटक ‘बाकस’ माBarsha Raut and Mahesh Tripathi Pair Up in 'Bakas'

निर्देशक नवीन पन्तको नयाँ फिल्म ‘बाकस’ को शुभमुहूर्त भएको छ। नवरात्रिको अवसरमा मंगलबार ललितपुरको बंगलामुखी मन्दिरमा विशेष पूजाआजासहित मुहूर्त गरिएको हो। फिल्मको छायांकन दसैँपछि सुरु हुनेछ।

फिल्मले वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरूको कथा र त्यसले निम्त्याएको मानवीय पीडालाई पर्दामा उतार्नेछ।
पीके इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा, ध्रुव कोइराला, पुष्कर राउत, विक्रम बुढाथोकी, हिउँवाला गौतम, रोहित श्रेष्ठ र विमल यादवले अभिनय गर्नेछन्। वर्षा र महेश फिल्मका जोडी हुन्, र यो उनीहरूको पहिलो सहकार्य हो।

निर्माता सुजिता चौलागाईं हुन्। राजन सिंह केसी र छत्र बहादुर खड्का सह-निर्माता, धर्मेन्द्र पन्त कार्यकारी निर्माता छन्। कथा निर्देशक पन्त आफैँले लेखेका हुन्। छायांकन महेश पौडेल, संगीत दीपक शर्मा र सनम पुरुष राई, कोरियोग्राफी सियोन श्रेष्ठ र द्वन्द्व निर्देशन किरण दाहालको हुनेछ। फिल्म अर्को वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

The muhurat of director Naveen Pant's new film 'Bakas' has been held. On Tuesday, to mark Navaratri, the ceremony took place with special prayers at the Bagalamukhi Temple in Lalitpur. Shooting will begin after Dashain.

The film will bring to the screen the story of Nepalis forced to go abroad for work, and the human suffering that follows.

Made under the PK Entertainment banner, the film will feature Bipana Thapa, Barsha Raut, Mahesh Tripathi, Bholaraj Sapkota, Supala Sapkota, Dhruba Koirala, Pushkar Raut, Bikram Budhathoki, Hiunwala Gautam, Rohit Shrestha and Bimal Yadav. Barsha and Mahesh play the film's couple, in their first collaboration.

Sujita Chaulagain is the producer. Rajan Singh KC and Chhatra Bahadur Khadka are co-producers, and Dharmendra Pant is executive producer. Director Pant wrote the story himself. Cinematography is by Mahesh Poudel, music by Deepak Sharma and Sanam Purush Rai, choreography by Sion Shrestha and action direction by Kiran Dahal. The aim is to release the film next year.