The Narratic
विराज र समीर आमनेसामने, ‘१२ गाउँ २’ ट्रेलर सार्वजनिक: भिडियोको दृश्य
१ मिनेट पढाइ1 min read

समाचारNews

विराज र समीर आमनेसामने, ‘१२ गाउँ २’ ट्रेलर सार्वजनिकBiraj and Sameer Face Off in '12 Gaun 2'

अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ। दसैँलाई लक्षित गरी असोज ३० गतेबाट सिनेमाघरमा आउने फिल्मका टिजर र गीतले पहिल्यै राम्रो चर्चा पाएका छन्। मंगलबार आएको झन्डै चार मिनेटको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ।

ट्रेलर विराज भट्टको भ्वाइस ओभरबाट सुरु हुन्छ। यसमा अपहरण, उद्धार र बदलाको झलक देखिन्छ। एउटा आपराधिक समूहलाई दुई पात्र (विराज र समीर भट्ट) ले कसरी ध्वस्त पार्छन् भन्ने कुरा ट्रेलरले देखाएको छ। एक दृश्यमा दुवै आमनेसामने पनि पर्छन्। एक्सनसँगै प्रेमकथाका झलक पनि समेटिएका छन्।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा विराज र समीरसँगै अनुप विक्रम शाही, कृशु शाही, खुशी कार्की, वर्षा इटानी, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व र साहिल सिंह ठकुरीले अभिनय गरेका छन्। निर्माता सरस्वती भट्ट हुन्।

डीओपी महेश पौडेल हुन्। छायांकन राम केसी र राजु लामाको, सम्पादन बन्दे प्रसादको, लेखन सन्तोष सरकारको हो। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनको, पार्श्व संगीत कालाचरणको र ध्वनि संयोजन गीता गुरप्पाको छ। फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर ‘१२ गाउँ’ को सिक्वेल हो।

The trailer for '12 Gaun 2', directed by actor Biraj Bhatta, is out. The film hits cinemas on Ashoj 30, timed for Dashain, and its teaser and songs have already earned good buzz. The nearly four-minute trailer, released Tuesday, puts action front and center.

It opens with Biraj's voice-over and offers glimpses of a kidnapping, a rescue and a revenge plot. Two men (Biraj and Sameer Bhatta) are shown tearing apart a criminal gang. In one scene the two even come face to face. Between the fight sequences, there are hints of a love story too.

Made under Biraj Bhatta Film Production, the film also stars Anup Bikram Shahi, Krishu Shahi, Khushi Karki, Barsha Itani, Prakash Shah, Sunil Pokharel, Kanij Koirala, Kalu Rana, Pushkar Bhatt, Shiv Kumar Singh, Neha RL Shah, Purna Bahadur Gandharva and Sahil Singh Thakuri. Saraswati Bhatta is the producer.

Mahesh Poudel is DOP, with cinematography by Ram KC and Raju Lama, editing by Bande Prasad and writing by Santosh Sarkar. Action is directed by Stun Silva and Shankar Maharjan, with background score by Kalacharan and sound design by Geeta Gurappa. The film is the sequel to '12 Gaun', the 2081 BS blockbuster.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article