
‘एलिफेन्ट्स इन द फग’बाट पुष्पा थिङले जितिन् अस्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्ड'Elephants in the Fog' Star Pushpa Thing Wins Big in Australia
नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा ठूलो सफलता हासिल गरेको छ। शुक्रबार (अक्टोबर ३०) सम्पन्न अवार्ड समारोहमा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले ‘उत्कृष्ट अभिनय’ विधाको प्रतिष्ठित अवार्ड जितेकी छन्।
एसिया प्रशान्त क्षेत्रका उत्कृष्ट चलचित्र र चलचित्रकर्मीलाई सम्मान गरिने यस अवार्डमा पुष्पाको जितले नेपाली चलचित्र र सीमान्तकृत समुदायको कथालाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गराएको छ।
अविनाशविक्रम शाहको निर्देशनमा बनेको यो चलचित्र उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय गरी तीन विधामा मनोनयनमा परेको थियो। प्राविधिक कारणवश चलचित्र टोली अस्ट्रेलिया पुग्न नसके पनि अवार्ड जितेपछि अभिनेत्री पुष्पा थिङ लामाले एसिया प्यासिफिक स्क्रिन अवार्डप्रति आभार व्यक्त गरेकी छन्। उनले आफ्नो ‘पिरती’ पात्रलाई जीवन्त बनाउन विश्वास गरेकोमा निर्देशक शाह र निर्माता अनुप पौडेलप्रति कृतज्ञता व्यक्त गर्दै यो सम्मानलाई अभिनय यात्राको ऐतिहासिक उपलब्धि भनेकी छन्।
नेपाली समाज, संस्कृति र लैंगिक अल्पसंख्यक तथा सीमान्तकृत समुदायको कथा समेटिएको यस चलचित्रले यसअघि सन् २०२६ को चर्चित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भई जुरी पुरस्कार जितिसकेको छ। कान्सपछि अस्ट्रेलियामा प्राप्त यो सफलतालाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
The critically acclaimed Nepali feature film 'Elephants in the Fog' achieved major international recognition at the 19th Asia Pacific Screen Awards, held on Friday (October 30) in Gold Coast, Australia. Lead actress Pushpa Thing Lama won the prestigious award for Best Performance for her compelling portrayal in the film.
Organized to honor cinematic excellence across the Asia-Pacific region, Pushpa's victory marks a milestone achievement for Nepali cinema on the global stage.
Directed by Abinash Bikram Shah, the movie secured nominations in three major categories: Best Feature Film, Best Director (Abinash Bikram Shah), and Best Performance (Pushpa Thing Lama). Although the film's cast and crew were unable to attend the ceremony in person due to last-minute travel plan changes, Pushpa expressed her deep gratitude to the awards committee, director Shah, and producer Anup Poudel for believing in her to bring the character 'Pirati' to life.
Centered on themes of Nepalese culture and marginalized communities, 'Elephants in the Fog' previously premiered in the 'Un Certain Regard' section at the 2026 Cannes Film Festival, where it won the Jury Prize. Its latest victory in Australia further solidifies the film's remarkable international festival run.



