The Narratic
​फिल्म ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक: भिडियोको दृश्य
२ मिनेट पढाइ2 min read

समाचारNews

​फिल्म ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक​First Song of 'Paanch Pandav' Released Today

आगामी कात्तिक २० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक गरिएको छ। दाजुभाइबीचको अटुट मिलन र आत्मीयता दर्शाउने यस मर्मस्पर्शी गीतमा लोकप्रिय गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको सुमधुर स्वर रहेको छ। गीतमा डा. कृष्णहरि बरालको शब्द र अर्जुन पोखरेलको संगीत छ।​

सार्वजनिक भिडियोमा फिल्मका पाँच मुख्य कलाकारहरू हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई दाजुभाइका रूपमा प्रस्तुत गरिएको छ। युधिष्ठिरको भूमिकामा रहेका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको कथावस्तु भिडियोमा झल्किन्छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोले दर्शकमा फिल्मप्रति थप कौतूहल जगाएको छ।​

वसन्त निरौलाको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश, आर्यन, जितु, महेश र सुशीलसहित दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। ‘लाज शरणम्’ निर्माण गरेका नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन्।​

पत्रकार सुशील पौडेलको कथा तथा पटकथा रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ। गीतको कोरियोग्राफी गम्भीर विष्ट र विक्रम स्वाँरले गरेका हुन् भने फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

The makers of the upcoming film 'Paanch Pandav', slated for release on Kartik 20, have unveiled its first promotional track titled 'Dajubhaizasta Hudainan Aru'. Celebrating the deep bond and affection among brothers, the soulful song features vocals by renowned singers Satyaraj Acharya and Swaroop Raj Acharya, with lyrics penned by Dr. Krishna Hari Baral and music composed by Arjun Pokharel.​

The music video features the film's five lead stars—Haribansha Acharya, Aryan Sigdel, Jitu Nepal, Mahesh Tripathi, and Sushil Sitaula—portraying brothers. The narrative shows Haribansha, playing Yudhishthira, descending from heaven to Earth in search of his brothers. The video is choreographed by Gambhir Bista.

​Directed by Basanta Niraula, the film boasts an ensemble cast including Deepashree Niraula, Sarita Giri, Binod Neupane, Rama Thapaliya, Eva Giri, Prashant Tamrakar, Sita Neupane, and Ritesh Poudel. Presented by Nabin Shrestha (known for 'Laj Sharanam'), the movie is produced by Kali Rani Shrestha.​

Written by journalist Sushil Poudel, the technical crew features cinematography by Shyam Tamang, editing and color grading by Suprim Parajuli, sound design by Suprim Neupane, background score by Sujil Karmacharya, VFX by Pukar Dhimal, and action choreography by Samrat Basnet. Choreography is handled by Gambhir Bista and Bikram Swar, while RR Films holds the distribution rights.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article