The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

दुई दिनमै क्यूएफएक्समा ‘कबड्डी ५’ लाई ‘सुपरहिट’ घोषणा​'Kabaddi 5' Declared Superhit by QFX Within 2 Days

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले नेपाली कथानक चलचित्र ‘कबड्डी ५’ लाई प्रदर्शनको दुई दिनमै ‘सुपरहिट’ घोषणा गरेको छ। क्यूएफएक्सले आइतबार बिहान आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई सुपरहिटको ट्याग प्रदान गरेको हो। क्यूएफएक्समा कुनै पनि फिल्मले दुई दिनमै डेढ करोडमाथिको व्यापार गरेपछि यो उपलब्धि हासिल हुन्छ।​

क्यूएफएक्सको नियमअनुसार हलमा कुनै फिल्मले एक सातामा १ करोड ५० लाख रुपैयाँ बराबरको कमाइ गरे सुपरहिटको मान्यता पाइन्छ। यस वर्ष ‘गौँथली’ र ‘पेन्सन पट्टा’ पछि सुपरहिटको ट्याग पाउने ‘कबड्डी ५’ तेस्रो फिल्म बनेको छ। सम्भवतः प्रदर्शनको दुई दिनमै क्यूएफएक्सबाट सुपरहिटको ट्याग पाउने यो पहिलो नेपाली फिल्म हो।​

कात्तिक ६ गते दसैंको टीकाको पर्सिपल्टदेखि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित यस फिल्मका एक सयभन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए। पहिलो दिन १ करोड ५० लाख रुपैयाँभन्दा बढीको ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार झन्डै १ करोड ७० लाख रुपैयाँ कमाउँदै दुई दिनमै कुल ३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ।​

फिल्मको सफलतासँगै टोलीका सदस्यहरू प्रचारमा व्यस्त छन्। पोखरामा दयाहाङ राई, पूर्वी नेपालमा विपिन कार्की र कमलमणि नेपाल तथा काठमाडौँका विभिन्न हलहरूमा निर्देशक रामबाबु गुरुङसहित विजय बराल, बुद्धि तामाङ र सिर्जना गुरुङ दर्शकको प्रतिक्रिया बुझ्न पुगेका छन्। बाँसुरी फिल्म्सको ब्यानरमा निर्मित यो फिल्ममा नयाँ र पुराना धेरै चर्चित कलाकारहरूको अभिनय रहेको छ।

Nepal's largest multiplex chain, QFX Cinemas, officially declared the film 'Kabaddi 5' a "Superhit" within just two days of its release. QFX awarded the status on its official website after the movie surpassed Rs 1.5 crore in collections across its chain in two days. ​

Typically, QFX grants the "Superhit" tag to movies that collect Rs 1.5 crore within a week. Following 'Gauthali' and 'Pension Patta', 'Kabaddi 5' is the third film to earn this title this year. It is likely the first Nepali film to secure this tag from QFX in just two days.

​Released on Kartik 6, right after Dashain Tika, the Rambabu Gurung directorial showed massive hype with over 100 shows sold out in advance booking. After a explosive opening of over Rs 1.5 crore on Friday, the film surged further on Saturday to record around Rs 1.7 crore, crossing the Rs 3 crore threshold within two days.​

Following the massive response, lead actor Dayahang Rai is meeting fans in Pokhara, while Bipin Karki and Kamalmani Nepal lead promotions in eastern Nepal. Meanwhile, director Rambabu Gurung along with Bijay Baral, Buddhi Tamang, and Sirjana Gurung are visiting various cinema halls in Kathmandu to interact with the audience