The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

‘कबड्डी ५’को १० दिनमै १० करोड ७६ लाख कमाइ, बन्यो वर्षकै दोस्रो हिट फिल्म‘Kabaddi 5’ Earns Rs 107.6 Million in 10 Days, Becomes Nepal’s Second Highest-Grossing Film of the Year

दसैंको अवसरमा प्रदर्शनमा आएका चार नेपाली फिल्ममध्ये ‘कबड्डी ५’ बक्स अफिसमा सबैभन्दा अगाडि देखिएको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १० दिनमै १० करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ‘कबड्डी ५’ले प्रदर्शनको १० दिनमा १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस व्यापार गरेको छ। कात्तिक १५ गतेसम्म फिल्मका ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन्।

योसँगै ‘कबड्डी ५’ यस वर्ष सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ। यसअघि दोस्रो स्थानमा रहेको ‘पेन्सन पट्टा’ले आइतबारसम्म १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस कमाएको थियो। रोचक पक्ष के छ भने दुवै फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन्।

दसैंमा प्रदर्शन भएका फिल्ममध्ये ‘कबड्डी ५’पछि ‘आ बाट आमा २’ दोस्रो स्थानमा छ। फिल्मले आइतबारसम्म २ लाख १३ हजार १९४ टिकट बिक्री गर्दै ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ।तेस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस व्यापार गरेको छ। त्यस्तै, विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ २’ले ७४ हजार ८०३ टिकट बिक्रीबाट २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस कमाएको छ।

यससँगै ‘१२ गाउँ २’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर बनेको विवरणमा उल्लेख गरिएको छ। यसको पहिलो भागले भने घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँ व्यापार गरेको थियो।

चलचित्र विकास बोर्डले दसैंका फिल्मसँगै ‘गौँथली’ र ‘बाः एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ। बोर्डका अनुसार ‘गौँथली’ले ९ लाख ४६ हजार ८३४ टिकट बिक्री गर्दै २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस व्यापार गरेको छ। योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।

त्यस्तै, ‘बाः एक योद्धा’ले ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको तथ्यांकमा उल्लेख छ।दसैंमा रिलिज भएका फिल्ममध्ये ‘कबड्डी ५’ले बक्स अफिसमा बलियो प्रदर्शन गर्दा अन्य फिल्मको व्यापार भने तुलनात्मक रूपमा पछाडि देखिएको छ।

Among the four Nepali films released during Dashain, Kabaddi 5 has emerged as the top performer at the box office. Released on Kartik 6, the film has crossed Rs 100 million in gross earnings within its first 10 days in cinemas.

According to figures released by the Film Development Board on Monday, Kabaddi 5 collected Rs 107,673,715 in gross revenue during its first 10 days. A total of 346,427 tickets had been sold by Kartik 15.

With this performance, Kabaddi 5 has become the second highest-grossing Nepali film of the year. It has overtaken Pension Patta, which had collected Rs 102,818,488 in gross revenue as of Sunday. Interestingly, both films feature Dayahang Rai in leading roles.

Among the Dashain releases, Aa Bata Aama 2 ranks second after Kabaddi 5. According to the Board's figures, the film had sold 213,194 tickets and earned Rs 62,470,130 in gross revenue as of Sunday.Chha Maya Chapakkai 2 holds the third position among the four releases, with a reported gross collection of Rs 33,484,435.

Meanwhile, the action film 12 Gaun 2, directed by Biraj Bhatta, ranks fourth. The film sold 74,803 tickets and collected Rs 22,957,986 in gross revenue.The film has been described in the report as the biggest box-office disaster of the year. Its first instalment, however, had earned nearly Rs 200 million at the domestic box office.

Alongside the Dashain releases, the Film Development Board also published box-office figures for Gauthali and Baa: Ek Yoddha.According to the Board, Gauthali sold 946,834 tickets and earned Rs 260,746,186 in gross revenue, making it the highest-grossing Nepali film of the year so far.

Similarly, Baa: Ek Yoddha recorded a gross collection of Rs 35,440,256.The latest figures highlight Kabaddi 5's strong performance among the Dashain releases, while Gauthali continues to lead the annual box-office chart.