The Narratic
​‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ गीत सार्वजनिक: भिडियोको दृश्य
२ मिनेट पढाइ2 min read

समाचारNews

​‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ गीत सार्वजनिकNew Track 'Allare Thito Aayo' From 'Batulo Jun' Released

अभिनेता भुवन केसीको निर्देशनमा बनेको प्रतीक्षित फिल्म ‘बाटुलो जून’को नयाँ डान्सिङ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ। पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको धुन समेटिएको यस गीतमा रुबै र नेपाल आइडल सिजन-३ का फस्ट रनरअप प्रवीन बेडुवालको स्वर रहेको छ। गीतमा रूप महानताको संगीत, मिक्सिङ र मास्टरिङ छ।​

तीन दशकअघिको नेपाली समाज र त्यसबेलाको मेला-पातको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडा फिचर छन्। भिडियोमा उनीहरूबीचको नोकझोंक र आकर्षक नृत्यलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन्।​

तिहारको भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस फिल्ममा अनमोल र प्रिन्सीले भुवन केसी र गरिमा पन्तको युवावस्थाको भूमिका निर्वाह गरेका छन्। ३०-४० को दशकको प्रेमकथामा आधारित फिल्ममा सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन, राजेश श्रेष्ठको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।​

फिल्ममा अनमोल र प्रिन्सीका साथै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी र हिना नगरकोटीलगायतको अभिनय छ। सुपर काजोल फिल्म्स र भविष्य इन्टरटेनमेन्टको संयुक्त प्रयासमा निर्मित यस फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह-निर्माता हुन्।

The makers of the upcoming film 'Batulo Joon', directed by actor-director Bhuwan KC, have released a new dancing number titled 'Allare Thito Aayo'. Featuring a rich blend of Panchebaja, Sarangi, guitar, and flute, the song is voiced by Rubai and Nepal Idol Season 3 first runner-up Prabeen Beduwal, with music composed, mixed, and mastered by Roop Mahanta.

​Set against the backdrop of traditional village fairs from three decades ago, the music video highlights the playful chemistry and energetic dance performance of lead actors Anmol KC and Princy Khatiwada. The video is choreographed by Bikram Swar.​

Scheduled for a nationwide theatrical release on Kartik 26 (the day after Bhai Tika), the movie features Anmol and Princy portraying the younger avatars of Bhuwan KC and Garima Panta. Based on a retro love story from the 1980s-90s era, the screenplay is penned by Samipyaraj Timalsena and Sarin Pokharel, with cinematography by Rajesh Shrestha and editing by Krishna Bhandari.​

The film's ensemble cast also includes Nancy Khadka, Prakash Ghimire, Rear Rai, Deepak KC, Shweta Mishra, Laxmi Giri, Laxminath Timilsina, Shishir Siwakoti, and Hina Nagarkoti. Produced jointly by actress Jiya KC and Bhabishya Khadka under the banner of Super Kajol Films and Bhabishya Entertainment, the film has Bibek Thapa as co-producer.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article