The Narratic
​‘कबड्डी ५’ को नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक: भिडियोको दृश्य
२ मिनेट पढाइ2 min read

समाचारNews

​‘कबड्डी ५’ को नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक​New Track 'Bujhana Malai' From 'Kabaddi 5' Released

दसैंको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहँदा बिहीबार नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक गरिएको छ। ‘थाकखोल’का चर्चित गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर रहेको यस गीतले मुख्य पात्र ‘काजी’ (दयाहाङ राई) को भित्री भावना र संवेदनालाई उजागर गरेको छ।​

बाहिरबाट जिद्दी देखिने काजीको स्वभावलाई प्रस्तुत गर्दै गीतमा भनिएको छ, ‘सताए मलाई म ढुंगा भइदिउँला, मायाले बोलाए फूलको थुंगा भइदिउँला।’ यसले मानिसको व्यवहारअनुसार काजीले प्रस्तुत गर्ने आफ्नो कठोर र कोमल दुवै पक्षलाई कलात्मक रूपमा व्यक्त गर्छ।

​बक्स अफिसमा आक्रामक दौड कायम राखेको फिल्मले बिहीबार मध्यान्हसम्म घरेलु बजारबाट ८ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरिसकेको छ। दसैंको बिदा सकिएपछि पनि दैनिक एक करोडभन्दा बढीको व्यापार गरिरहेको यो फिल्मले आगामी शनिबारसम्म १० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ। अब धेरैको चासो फिल्मले अघिल्लो श्रृंखला ‘कबड्डी ४’ को २१ करोड ४४ लाखको सर्वकालीन रेकर्ड तोड्छ कि तोड्दैन भन्नेमा छ।

​रामबाबु गुरुङ निर्देशित तथा थकाली समुदायको सामाजिक परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल र अरुणा कार्कीलगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ।

As the blockbuster film 'Kabaddi 5: After the Final Match' continues its aggressive run at the box office, the makers unveiled a new track titled 'Bujhana Malai' on Thursday. Penned, composed, and sung by Kali Prasad Baskota (known for 'Thakkhola'), the song delves into the inner emotions and vulnerability of the central character, Kazi, portrayed by Dayahang Rai.​

Highlighting Kazi's sensitive side beneath his stubborn exterior, the lyricism captures how his personality adapts to how others treat him—being as firm as a stone when provoked, yet as soft as a flower when met with love.​

On the commercial front, the Rambabu Gurung directorial crossed the Rs 8 crore gross milestone in the domestic market by Thursday afternoon. Maintaining a daily collection of over Rs 1 crore even after the Dashain holidays, the film is projected to comfortably cross the Rs 10 crore mark by Saturday. Trade analysts are now watching closely to see if the film can break the record set by its predecessor, 'Kabaddi 4', which grossed Rs 21.44 crore.​

Set in the cultural backdrop of the Thakali community, the film stars an ensemble cast including Dayahang Rai, Bipin Karki, Bijay Baral, Buddhi Tamang, Sirjana Gurung, Puskar Gurung, Rishma Gurung, Miruna Magar, Maotse Gurung, Shishir Bangdel, and Aruna Karki.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article