
‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिकNew Track 'Raja Chahiya Chha' From 'Paanch Pandav' Released
आगामी कात्तिक २० गते तिहारको अवसर पारेर सिनेमा हलहरूमा आउन लागेको प्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को नयाँ डान्सिङ गीत ‘राजा चाहिया छ’ सार्वजनिक गरिएको छ। क्यासिनोको पृष्ठभूमिका तयार पारिएको यस आकर्षक गीतमा चर्चित गायिका एलिना चौहान, गायक सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ। डा. अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्दहरू अधिवक्ता सशी शर्मा मजगैयाँले रचना गरेका हुन्।
भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री इभा गिरीले क्यासिनोको माहौलमा बोल्ड अवतारका साथ धमाकेदार आइटम नृत्य प्रस्तुत गरेकी छन्। गीतको भिडियोमा इभासँगै वरिष्ठ अभिनेता हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपाने प्रस्तुत भएका छन्। क्यासिनोमा डान्स गर्ने युवतीले आफू अनुकूलको प्रेमी वा जीवनसाथीको खोजी गरिरहेको रोचक प्रसंगलाई गीतमा कलात्मक ढङ्गले बुनिएको छ।
निर्देशक वसन्त निरौलाको निर्देशनमा तयार भएको यस चलचित्रमा हरिवंश, जितु, महेश, विनोद र इभाका साथै आर्यन सिग्देल, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेलजस्ता स्थापित कलाकारहरूको सशक्त अभिनय छ। यसअघि ‘लाज शरणम्’ निर्माण गरिसकेका नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन्।
सञ्चारकर्मी तथा पत्रकार सुशील पौडेलको लेखन रहेको ‘पाँच पाण्डव’मा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, सुजिल कर्माचार्यको पार्श्व संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन एवं गम्भीर विष्ट र विक्रम स्वाँरको संयुक्त कोरियोग्राफी छ। चलचित्रको देशव्यापी वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।
Ahead of its nationwide theatrical release on Kartik 20 targeting the Tihar festival, the makers of 'Paanch Pandav' have dropped a high-energy dance track titled 'Raja Chahiya Chha'. Set in a vibrant casino environment, the song features vocals by Eleena Chauhan, Suresh Lama, and Dhurba BK, with music composed by Arjun Pokharel and lyrics written by advocate Sashi Sharma Mazgaiya.
The music video showcases lead actress Eva Giri delivering a bold and energetic item dance performance. She is joined onscreen by Haribansha Acharya, Jitu Nepal, Mahesh Tripathi, and Binod Neupane. The narrative of the track revolves around a casino performer searching for her ideal partner.
Directed by Basanta Niraula, the multi-starrer also features Aryan Sigdel, Sushil Sitaula, Deepashree Niraula, Sarita Giri, Rama Thapaliya, Prashant Tamrakar, Sita Neupane, and Ritesh Poudel. Presented by Nabin Shrestha (who previously produced 'Laj Sharanam'), the project is produced by Kali Rani Shrestha.
Written by journalist Sushil Poudel, the film's technical team includes cinematographer Shyam Tamang, editor and colorist Suprim Parajuli, sound designer Uttam Neupane, background score composer Sujil Karmacharya, VFX supervisor Pukar Dhimal, and action choreographer Samrat Basnet. Choreography for the track is handled by Gambhir Bista and Bikram Swar, with RR Films managing distribution nationwide.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


