
निरुता सिंहको ‘सारथी’ को टिजर सार्वजनिक, आमाको संघर्ष केन्द्रमाNiruta Singh's 'Sarathi' Teaser Out, Mother's Struggle at Center
मंसिर ११ गतेबाट सिनेमाघरमा आउने फिल्म ‘सारथी’ को टिजर सार्वजनिक भएको छ। निरुता सिंहलाई केन्द्रमा राखेर बनेको टिजरले फिल्मको कथाको झलक दिएको छ।
टिजर बच्चा रोएको आवाजबाट सुरु हुन्छ। निरुता काखमा बच्चा लिएर आमाको जिम्मेवारी निभाइरहेकी देखिन्छिन्, तर उनको पैतला आगोले जलेर बीभत्स भएको छ। ग्रामीण महिलाको रूपमा देखिएकी उनी असह्य पीडामा पनि बच्चालाई स्तनपान गराइरहेकी छन्। दुखाइले दाँत किट्दै पनि उनी काखको बच्चालाई न्यानो पारेर सम्हालिरहन्छिन्। यो दृश्यले एउटी आमाको ममता र त्यागलाई झल्काउँछ। टिजर हेर्दा फिल्मको कथा आमाको संघर्षमा केन्द्रित देखिन्छ।
कुमार गजुरेल निर्देशित फिल्ममा निरुतासँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, अनिता कुईकेल, गायत्री जोशी, कल्पना थापा, गिरी विश्वकर्मा, मदन थापा, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का र सन्ताप विश्वकर्माले अभिनय गरेका छन्।
सम्पादकका रूपमा चिनिएका तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदीप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्, भने अमीर केसी लाइन प्रोड्युसर हुन्। छायांकन संकल्प भुजेल, सम्पादन तारा थापा ‘किम्भे’ र संगीत बाबुल गिरी तथा प्रशान्त सिवाकोटीको हो।
The teaser of 'Sarathi', releasing in cinemas on Mangsir 11, is out. Centered on Niruta Singh, the teaser offers a glimpse of the film's story.
It opens with the sound of a baby crying. Niruta is seen carrying a baby and fulfilling a mother's duty, though her feet are badly burned by fire.
Shown as a village woman, she keepsbreastfeeding the baby despite unbearable pain. Gritting her teeth against the hurt, she still holds the child in her arms warmly. The scene reflects a mother's love and sacrifice. From the teaser, the film's story appears to center on a mother's struggle.
Directed by Kumar Gajurel, the film features Niruta along with Uttam Pradhan, Mukunda Shrestha, Rajendra KC, Samrant Thapa, Anita Kuikel, Gayatri Joshi, Kalpana Thapa, Giri Bishwokarma, Madan Thapa, Kamala Aryal, Milan Khadka, Rashmi Gurung, Tulsi Rai, Asha Bishwokarma, Santosh Dhakal, Biplav Khadka and Santap Bishwokarma.
Presented by Tara Thapa 'Kimbhe', known as an editor, the film is produced by Radip Shrestha and Pradip Rayamajhi. Executive producers are Bek Bahadur Bishwokarma and Naveen Shrestha, and Amir KC is line producer. Cinematography is by Sankalpa Bhujel, editing by Tara Thapa 'Kimbhe', and music by Babul Giri and Prashant Sibakoti.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


