The Narratic
‘छ माया छपक्कै २’ को गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक, कथाको झलक: भिडियोको दृश्य
२ मिनेट पढाइ2 min read

समाचारNews

‘छ माया छपक्कै २’ को गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक, कथाको झलकSong 'Mayama Expiry Date Hudaina' from 'Chha Maya Chhapakkai 2' Released, Offering a Glimpse of the Story

दीपकराज गिरी र दीपाश्री निरौला समूहको सर्वाधिक सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को पहिलो र चौथो शृङ्खला विवाहेत्तर सम्बन्ध, अर्थात् जीवनसाथीबाहेक अन्यसँगको प्रेममा आधारित थिए। अब सोही कथावस्तुमा ‘छ माया छपक्कै २’ बनेको छ। बुधबार सार्वजनिक गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ ले फिल्मको कथासारको झलक दिएको छ।

गीतको भिडियोमा दीपकराज र केकी अधिकारी श्रीमान्-श्रीमतीको रूपमा देखिन्छन्, नवविवाहित जोडीजस्तै। भिडियोको बीचमा दीपक र सनिशा भट्टराईबीचको प्रेम देखाइएको छ। केकी र सनिशा एकसाथ गर्भवती भएको दृश्य पनि भिडियोमा छ, जसले फिल्मको कथा विवाहेत्तर सम्बन्धमा आधारित रहेको प्रस्ट पार्छ।

गीतमा सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर छ। शब्द राजेन्द्र थापाको र संगीत दीपक शर्माको हो। दीपक तिनै संगीतकार हुन्, जसले ‘छक्का पञ्जा’ शृङ्खलाका चर्चित गीत ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’ र ‘दर्शन सलाम’ तयार पारेका थिए। त्यसैले यो गीत पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ। कोरियोग्राफी किरण थापाले गरेका हुन्।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपक, केकी र सनिशासँगै निर्मल शर्मा, कर्मा, जितु नेपाल र रिहान गिरीलगायतले अभिनय गरेका छन्। केही दिनअघि अमेरिकाबाट नेपाल आएका केदार घिमिरे (माग्ने बुढा) ले पनि फिल्ममा अभिनय गरेका छन्। उनको भागको छायांकन यसै साता काठमाडौंमा भएको हो। फिल्मका निर्माता रोहित अधिकारी हुन्।

The first and fourth installments of 'Chhakka Panja', the most successful franchise of the Deepak Raj Giri and Deepashree Niraula group, were based on extramarital relationships, meaning love with someone other than one's life partner. Now 'Chha Maya Chhapakkai 2' has been made on the same theme. The song 'Mayama Expiry Date Hudaina', released on Wednesday, gives a glimpse of the film's story.

In the video, Deepak Raj and Keki Adhikari appear as husband and wife, looking like a newlywed couple. In the middle of the video, the love between Deepak and Sanisha Bhattarai is shown. There is also a scene of Keki and Sanisha being pregnant at the same time, making it clear that the story is based on an extramarital relationship.

The song is sung by Sabin Subedi and Sahima Shrestha, with lyrics by Rajendra Thapa and music by Deepak Sharma. Deepak is the same composer who created the popular songs of the 'Chhakka Panja' series, 'Dekhan Champa', 'Pahilo Number Ma' and 'Darshan Salam', so this song is also expected to become popular. The choreography is by Kiran Thapa.

Directed by Dipendra Lama, the film features Deepak, Keki and Sanisha along with Nirmal Sharma, Karma, Jitu Nepal and Rihan Giri, among others. Kedar Ghimire (Mangne Budha), who came to Nepal from the US a few days ago, has also acted in the film. His portion was shot in Kathmandu this week. The film is produced by Rohit Adhikari.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article