The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

४० दिनमा सकियो सुदर्शन थापाको ‘शुभ विवाह’ को छायांकनSudarshan Thapa Wraps 'Shubha Bibaha' Shoot in 40 Days

निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’ को छायांकन सक्याएका छन्। आइतबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै ४० दिनको सुटिङ टुंगिएको हो। फिल्मको अधिकांश भाग पोखरामै खिचिएको थियो। असोज ८ गतेदेखि देशभर लगातार पानी परेकाले तीन दिन सुटिङ रोक्नु परेको थियो।

प्रियदर्शन फिल्म्सको ब्यानरमा बनेको यो फिल्मका मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई छन्। दुवैको यो पहिलो सहकार्य हो। फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारी, मेक्सम गौडेल, अन्शु महर्जन, विन्दा खतिवडा, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी र रामेश्वर रिजाललगायतले पनि अभिनय गरेका छन्।

निर्माता सुप्रिया कटुवाल हुन् भने कार्यकारी निर्माता साम भुजेल छन्। कथा प्रदीप श्रीवास्तवको हो, पटकथा र संवाद रामशरण पाठकले लेखेका छन्। छायांकन राजेश श्रेष्ठ, संगीत अर्जुन पोखरेल, पार्श्व संगीत रेभन आरती सिंह, नृत्य निर्देशन विक्रम स्वार र सम्पादन मिलन श्रेष्ठको हो।

‘सात वाचाभन्दा पनि परको सत्य’ ट्यागलाइन भएको यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन २१ गतेबाट सिनेमाघरमा आउँदैछ। सोही दिन अभिनेत्री पूजा शर्मा निर्माता रहेको फिल्म ‘रत्यौली’ पनि प्रदर्शनमा आउँदैछ। कुनै समय एकअर्काका पूरक मानिएका सुदर्शन र पूजा पहिलो पटक बक्स अफिसमा आमनेसामने हुने भएकाले यो भिडन्तप्रति चासो बढेको छ।

Director Sudarshan Thapa has finished shooting his new film 'Shubha Bibaha'. The last scene was shot in Pokhara on Sunday, closing a 40-day schedule. Most of the film was shot in Pokhara itself. Continuous rain across the country since Ashoj 8 forced the team to pause shooting for three days.

Made under the Priyadarshan Films banner, the film stars Pradeep Khadka and Sanisha Bhattarai in the lead roles, in their first collaboration. The cast also includes Harihar Sharma, Basundhara Bhusal, Mukunda Kishor Bhattarai, Bishal Pahari, Maxam Gautam, Anshu Maharjan, Binda Khatiwada, Santosh Thapa, Sunisha Bajgain, Ashma Giri and Rameshwor Rijal.

Supriya Katuwal is the producer, with Sam Bhujel as executive producer. The story is by Pradeep Srivastava, and the screenplay and dialogue are by Ramsharan Pathak. Cinematography is by Rajesh Shrestha, music by Arjun Pokharel, background score by Raven Arti Singh, choreography by Bikram Swar and editing by Milan Shrestha.

With the tagline "A truth beyond the seven vows", the film arrives in cinemas on Falgun 21, timed with Mahashivaratri. On the same day, Pooja Sharma's production 'Ratyauli' also releases. Sudarshan and Pooja were once seen as complements to each other, and this is the first time they will face off at the box office, so interest in the clash is growing.