The Narratic
१ मिनेट पढाइ1 min read

समाचारNews

‘एक्का तीन’मा पुष्प खड्काको ठाउँमा सुशील श्रेष्ठ अनुबन्धितSushil Shrestha Replaces Pushpa Khadka as Lead Actor in Action Film ‘Ekka Teen’

रुपेश तामाङको निर्देशनमा निर्माण हुन लागेको एक्सन फिल्म ‘एक्का तीन’मा मुख्य अभिनेता परिवर्तन भएका छन्। सुरुमा मुख्य भूमिकाका लागि अनुबन्धित पुष्प खड्काको ठाउँमा अब अभिनेता सुशील श्रेष्ठ देखिने भएका छन्।

गत चैतमा पुष्प खड्का फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएका थिए। तर, निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि उनी आपसी सहमतिमा फिल्मबाट अलग भएका हुन्। त्यसपछि निर्माण पक्षले सुशील श्रेष्ठलाई मुख्य भूमिकामा अनुबन्ध गरेको छ।

आइतबार निर्देशक रुपेश तामाङ र सुशील श्रेष्ठबीच लिखित सम्झौता भएको हो। हाल नयाँ फिल्म ‘साम्राज्य’को छायांकनमा व्यस्त रहेका सुशीलले उक्त फिल्मको काम सकिएपछि ‘एक्का तीन’का लागि समय दिने जनाइएको छ।

फिल्ममा सुशीलसँगै पूजा शर्मा र कविता नेपालीको पनि अभिनय रहनेछ। यद्यपि, सुशीलको जोडी कुन अभिनेत्री बन्ने भन्नेबारे निर्माण पक्षले खुलाएको छैन।

दुई श्रृंखलामा निर्माण हुने ‘एक्का तीन’को पटकथा तथा संवाद सुमन गजमेरले लेखेका छन्। उनले यसअघि फिल्म ‘रंगी’को लेखन गरेका थिए। फिल्मका निर्माता रामकृष्ण खरेल र अनुप गदाल हुन्।

जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन मंसिरको पहिलो साताबाट सुरु गर्ने तयारी छ। निर्माण पक्षले फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

The lead actor of upcoming action film Ekka Teen, directed by Rupesh Tamang, has been changed. Actor Sushil Shrestha has replaced Pushpa Khadka, who was initially signed for the lead role.

Pushpa Khadka had joined the project last Chaitra. However, after filming failed to begin within the planned schedule, he mutually agreed to exit the film. The production team has now signed Sushil Shrestha for the role.

A written agreement between Sushil and director Rupesh Tamang was signed on Sunday. Sushil is currently busy filming his upcoming project Samrajya. He is expected to work on Ekka Teen after completing that film.The film will also feature Pooja Sharma and Kabita Nepali. However, the production team has not yet revealed which actress will be paired opposite Sushil.

Planned as a two-part film, Ekka Teen has its screenplay and dialogues written by Suman Gajmer, who previously worked on the film Rangi. Ram Krishna Kharel and Anup Gadal are the producers.

Produced under the banner of Juna Films, the action film is scheduled to begin shooting in the first week of Mangsir. The production team is targeting a release in 2027.