
‘जलाकी’ को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिकThird Song 'Kalejiko Chheu' from 'Jalaki' Released
मंसिर ४ गतेबाट सिनेमाघरमा आउने फिल्म ‘जलाकी’ को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक भएको छ। लोक शैलीको यो गीतको शब्द सुरेन्द्र रानाको र संगीत निर्देशन एसडी योगीको हो। स्वर एसडी योगी र गीताञ्जली थापा मगरले दिएका छन्। सुरेन्द्र र एसडीको जोडीले यसअघि ‘रुकुम मैकोट’ गीतमा सहकार्य गरेका थिए, जुन दर्शकमाझ निकै चर्चित भएको थियो।
भिडियोमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम ताप्देन मगर समुदायको परम्परागत पहिरनमा आकर्षक नृत्य गर्दै देखिन्छन्। दुवैबीचको प्रेम र आकर्षण भिडियोमा झल्किन्छ। कोरियोग्राफी सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले संयुक्त रूपमा गरेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीको हो।
अशोक थापा मगर निर्देशित फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधर र कर्मा सिंह लामाले अभिनय गरेका छन्। अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा हुन्। फिल्मले मगर समुदायको सांस्कृतिक प्रतीक, अर्थात् ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर प्रेमकथा भन्छ।
'Kalejiko Chheu', the third song from 'Jalaki', which hits cinemas on Mangsir 4, is out. The folk-style song has lyrics by Surendra Rana and music direction by SD Yogi, who sings it along with Geetanjali Thapa Magar. Surendra and SD previously teamed up on 'Rukum Maikot', a song audiences have loved.
In the video, the film's lead pair, Upasana Singh Thakuri and Sonam Tapden, dance in the traditional attire of the Magar community. Their love and attraction come through on screen. Choreography is a joint effort by Surendra Rai, Susan Tamang and Shekhar Gharti Magar, and Shailendra Dhwaj Karki shot the video.
Directed by Ashok Thapa Magar, the film also stars Shilpa Maske, Astitwa Bhattachan, Sahara Hangma Limbu, Raju Regmi Magar, Bhawana Magar, Maotse Gurung, Buddhi Tamang, Usha Khadgi, Khadka Bahadur Pun, Lunibha Tuladhar and Karma Singh Lama. Actor and Captain Bijay Lama appears in a special role.
Made under M Media Production, the film is produced by Om Gharti Magar, Bir Bahadur Lama, Chandra Bahadur Bhattachan, Betane Magar (Babita Rana), Man Bahadur Dhanah Magar, Sushmita Budhathoki and Radha Thapa. The film builds a love story around a cultural symbol of the Magar community, a stone pillar.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


