The Narratic
स्वर्गबाट धर्तीमा भाइ खोज्दै युधिष्ठिर, ‘पाँच पाण्डव’ ट्रेलर: भिडियोको दृश्य
१ मिनेट पढाइ1 min read

समाचारNews

स्वर्गबाट धर्तीमा भाइ खोज्दै युधिष्ठिर, ‘पाँच पाण्डव’ ट्रेलरYudhishthira Searches Earth for His Brothers in 'Panch Pandav'

कात्तिक २० गतेबाट सिनेमाघरमा आउने फिल्म ‘पाँच पाण्डव’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ। नवरात्रिको अवसरमा बिहीबार आएको साढे दुई मिनेटको ट्रेलरले कथाको सानो झलक दिएको छ। महाभारतका पाँच पाण्डवलाई प्रतीक बनाएर फिल्मले आजको नेपाली समाजको कथा भन्न खोजेको ट्रेलरले संकेत गर्छ।

ट्रेलरमा स्वर्गलोकका युधिष्ठिर (हरिवंश आचार्य) धर्तीमा आफ्ना भाइहरू भीम, अर्जुन, नकुल र सहदेवलाई खोज्दै हिँडेको देखिन्छ। उनले किन खोजिरहेका छन् भन्ने कुरा भने खुलाइएको छैन। ट्रेलरको अन्त्यमा द्रौपदीको भूमिकामा इभा गिरी आउँछिन्, र उनको सुन्दरताले युधिष्ठिर मोहित भएको देखिन्छ। पौराणिक पात्रलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छनक ट्रेलरले दिन्छ।

वसन्त निरौला निर्देशित फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी र प्रशान्त ताम्राकारले अभिनय गरेका छन्। निर्माता काली रानी श्रेष्ठ र प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्।

पत्रकार सुशील पौडेलले कथा लेखेका हुन्। छायांकन श्याम तामाङ, सम्पादन तथा रंग संयोजन सुप्रिम पराजुली, संगीत अर्जुन पोखरेल, साउन्ड डिजाइन उत्तम न्यौपाने, पार्श्व संगीत सुजिल कर्माचार्य र भिएफएक्स पुकार धिमालको हो। द्वन्द्व निर्देशन सम्राट बस्नेतको र कोरियोग्राफी गम्भीर विष्ट तथा विक्रम स्वाँरको हो। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

The first trailer of 'Panch Pandav', releasing on Kartik 20, is out. The two-and-a-half-minute trailer, released Thursday to mark Navaratri, offers a short glimpse of the story. It suggests the film uses the five Pandavas of the Mahabharata as symbols to tell a story of today's Nepali society.

In the trailer, Yudhishthira (Hari BanshaAcharya) comes from heaven and wanders the earth searching for his brothers Bhima, Arjuna, Nakula and Sahadeva. Why he is looking for them is not revealed. At the end, Eva Giri appears as Draupadi, and Yudhishthira seems captivated by her beauty. The trailer hints that mythological characters are presented in a modern style.
Directed by Basanta Nirola, the film features Hari Bansha Acharya, Jitu Nepal, Aryan Sigdel, Mahesh Tripathi, Sushil Sitaula, Deepashree Niraula, Sarita Giri, Binod Neupane, Rama Thapaliya, Eva Giri and Prashant Tamrakar. Kali Rani Shrestha is the producer and Naveen Shrestha the presenter.

Journalist Sushil Poudel wrote the story. Cinematography is by Shyam Tamang, editing and color grading by Supreme Parajuli, music by Arjun Pokharel, sound design by Uttam Neupane, background score by Sujil Karmacharya and VFX by Pukar Dhimal. Action is directed by Samrat Basnet, with choreography by Gambhir Bista and Bikram Swar. RR Films will distribute the film.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article